Nepalese Astrologer-Dr.Suneel Sarma Sitoula

 
  • Increase font size
  • Default font size
  • Decrease font size
  • default color
  • green color
  • blue color

Rahukaal Etc

Today February 6 Monday 2012,, Rahu-Kaal :-08:22-09:52. Yama-Gandak :-11:52-12:58. Gulik-Kaal :-14:27-15:52. Rahu-Kaal is considered inauspicious for any new venture according to Jyotish and Any activity commenced at Yama-Ganda brings about unfavorable results. However, Gulik Kaal is considered a good period to undertake any new projects or to start any important work.

नव बर्ष २०६८ को राशिफल

E-mail Print PDF
AddThis Social Bookmark Button

मेष राशी :-चू चे चो ला ली लु ले लो अ

यस वर्ष धनमा केतु, रोग नाशमा शनि र दुःखमा राहु शरिरमा वृहस्पतिको प्रभाव रहेको छ । कार्तिकबाट दैनिक रोजगारीमा शनिको प्रभाव रहेकोछ । वर्षो आरम्भमा उन्नतिमा वृद्धि भए पनि उत्तर्रार्द्धमा प्रतिकूल छ । धनहान्ाी र  दण्ड जरिवाना र पारिवारिक कलह अप्रिय यात्रा  योग भए पनि  सन्तान पक्षबाट लाभ रहनेछ । आफन्त वर्गबाट धोका र शैक्षिक क्षेत्रमा  सफलता पाउनु हुनेछ । औषधि उपचारमा खर्च वढनेछ । साझेदारीमा उदासिनता, मित्र सहयोगमा बाधा तथा मातासँग मतभेदले खिन्नता रहनेछ । यस वर्षा गुप्तांग विकार  तथा नशाको रोगले बाधा पर्नेछ । न्यायिक कार्यमा सफलता पाउनु हुनेछ । मांगलिक हुनाले हर्ष बढ्नेछ तापनि नोकरी सेवामा लाभको योग परेको छ ।
वैशाखमा शीर पीडा र आफन्तमा कलह, जेष्ठमा यात्रा तथा पारिवारिक विछोड, आषाढमा लाभ एवं शत्रर्ुवर्गमा विजय, श्रावणमा विवाद र स्वास्थ्यमा नैराश्य, भाद्रमा उत्साहमा कमी र अर्थहानि, आश्विनमा इच्छासिद्धि र लाभ, कार्तिकमा अर्थलाभ र मानवृद्धि, मंसीरमा खर्चवृद्धि र पीडा, पौषमा स्थान वा कार्य परिवर्तन र शरीर पीडा, माघमा मानसिक चिन्ता अर्थहानि, फाल्गुणमा मान सम्मान वृद्धि, अर्थलाभ र विजय, चैत्रमा माननाश र पीडाको योग परेको छ ।

वृष राशी:- इ उ ए ‌ओ वा वी वु वे वो

यस वर्षा शरीरमा केतु, बुद्धिमा शनि, यात्रा र दाम्पत्य सुखमा राहु र खर्चमा गुरुको प्रभाव रहेको छ । कात्तिकपछि पराक्रम वृद्धिमा शनिको शुभ प्रभाव रहनेछ ।
यस वर्षा खर्च वृद्धिले खिन्नता कायम रहनेछ । सन्तान र परिवारमा मतभिन्नता र शैक्षिक कार्यमा बाधाको योग छ । पराक्रम र न्यायमा सफलताका साथ विविध कार्यमा लगानी विस्तार हुनेछ नोकरी र उद्योगधन्दाबाट लाभ रहनेछ । मान्यजन, पिता माताको सम्वन्धमा उदासिनता रहनेछ । छाला, पित्त र गुप्तांग पीडाले स्वास्थ्यमा निरासा रहनेछ । वैदेशिक कार्यबाट लाभ हुनेछ ।
वैशाखमा गृहकलह र पीडा, जेष्ठमा मानसिक पीडा र कलह आषाढमा अनावश्यक यात्रा र पारिवारिक कलह, श्रावणमा लाभ प्राप्ति र हर्ष शत्रर्ुवर्गमा विजय,भाद्रमा आफन्तबाट अपजस र स्वास्थ्यमा नैराश्य, आश्विनमा उत्साहमा कमी र अपमान, कार्तिकमा कर्म सिद्धि र अर्थलाभ, मंसीरमा कर्मर्लाभ र उत्साहवृद्धि, पौषमा खर्चवृद्धि र मानसिकचिन्ता, माघमा स्थान र कार्य परिवर्तन तथा शरीर पीडा,फाल्गुणमा मानसिक चिन्ता राजकार्यमा विवाद, चैत्रमा सम्मान वृद्धि, अर्थलाभ र विजयको योग परेको छ ।

मिथुन राशी :-का कि कु घ ङ छ के को हा

यस वर्षा चतर्ुथस्थानको अढैया शनि र खर्चमा केतु, रोगमा राहु र लाभ स्थानमा वृहस्पतिको गोचर भ्रमण रहनेछ । कात्तिक पछि अढैया शनि दशा समाप्तिहुनाले यस वर्षा स्वास्थ्य क्षेत्रमा सुधार  परिवार तथा मित्रवर्गबाट सहयोग रहनेछ । दैनिक रोजगारी राजकार्य र न्यायिक कार्यमा सफलता रहनेछ तापनि कर्मोन्नति र कार्य एवं व्यवसाय विस्तार हुनाले केही राहत पाउनु हुनेछ । शैक्षिक कार्यमा पर्ूवार्द्धमा सफलता रहेपनि कात्तिक पछि नैराश्य रहनेछ । सेवा कार्यमा केही लाभ रहे पनि स्थानान्तरको सम्भावनासमेत परेको छ । अर्थक्षेत्र र यात्राबाट लाभको योग छ ।
वैशाखमा मान सम्मान वृद्धि, अर्थलाभ र विजय, जेष्ठमा माननाश र पीडा, आषाढमा शीरपीडा र कलह, श्रावणमा मान प्राप्ति र हर्ष शत्रर्ुवर्गमा विजय, भाद्रमा यात्रा र पारिवारिक कलह, आश्विनमा अपजस र स्वास्थ्यमा नैराश्य, कार्तिकमा उत्साहमा कमी र अपजस, मंसीरमा कर्मसिद्धि र लाभ, पौषमा अर्थलाभ र उत्साहवृद्धि, माघमा खर्चवृद्धि र दुष्चिन्ता, फाल्गुणमा स्थान वा कार्य परिवर्तन र शरीर पीडा, चैत्रमा मानसिक चिन्ता राजभयको योग परेको छ

कर्कट राशी:- ही हु हे हो डा डि डु डे डो

यस वर्षा पराक्रम स्थानको शनि र लाभमा केतु, वुद्धिमा राहु र मान सम्मान, स्थानमा वृहस्पतिको गोचर भ्रमण रहनेछ । कात्तिक पछि अढैया दशा आरम्भ हुनाले यस वर्षा स्वास्थ्य क्षेत्रमा शिथिलता आफन्त तथा मित्रवर्गबाट धोका  स्थायी सम्पत्तिमा बाधा रहनेछ । दैनिक रोजगारीमा सामान्य, राजनैतिक कार्यमा बाधा र न्यायिक क्षेत्रमा झमेला रहनेछ तापनि कर्मोन्नति र व्यापार व्यवसाय तथा शैक्षिक कार्यमा सफलता पाउनु हुनेछ । स्थानान्तरको सम्भावनाका साथै धार्मिक मांगलिक कार्यमा सफलताकोे योग छ ।
वैशाखमा मान सम्मान वृद्धि, अर्थलाभ र जय, जेष्ठमा नेत्रपीडा, चिन्ता राजभय, आषाढमा माननाश र आफन्तबाट पीडा, श्रावणमा शीर उदरपीडा र कलह, भाद्रमा मान हानि र अपवाद, आश्विनमा यात्रामा लाभ तथा पारिवारिक कलह, कार्तिकमा अपजस खर्च र स्वास्थ्यमा नैराश्य, मंसीरमा उत्साहमा कमी एवं अपमान, खर्च वृद्धि, पौषमा कर्म सिद्धि लाभ र उत्साह, माघमा अर्थलाभ र मानवृद्धि, फाल्गुणमा खर्चवृद्धि र पारिवारिक चिन्ता, चैत्रमा स्थान वा कार्य परिवर्तन र कलहको योग  परेको छ ।

सिंह राशी :-मा मि मू मे मो टा टी टु टे

यस वर्षा पराक्रम स्थानको शनि र लाभमा केतु, वुद्धिमा राहु र मान सम्मान, स्थानमा वृहस्पतिको गोचर भ्रमण रहनेछ । कात्तिकसम्म शाडेशाती दशा हुनाले स्वास्थ्य क्षेत्रमा शिथिलता आफन्त तथा मित्रवर्गबाट धोका  स्थायी सम्पत्तिमा  बाधा रहनेछ । दैनिक रोजगारीमा सामान्य, राजनैतिककार्यमा बाधा र न्यायिकक्षेत्रमा झमेला रहनेछ तापनि कात्तिक पछि कर्मोन्नति र व्यापार व्यवसाय तथा शैक्षिक कार्यमा सफलता पाउनु हुनेछ । स्थानान्तरको सम्भावनाका साथै धार्मिक मांगलिक कार्यमा सफताकोे योग छ ।
वैशाखमा मान सम्मान वृद्धि, अर्थलाभ र जय, जेष्ठमा नेत्रपीडा, चिन्ता, राजभय, आषाढमा माननाश र आफन्तबाट पीडा, श्रावणमा शीर उदरपीडा र कलह, भाद्रमा मान हानि र अपवाद, आश्विनमा यात्रामा लाभ तथा पारिवारिक कलह, कार्तिकमा अपजस खर्च र स्वास्थ्यमा नैराश्य, मंसीरमा उत्साहमा कमी एवं अपमान, खर्च वृद्धि, पौषमा कर्म सिद्धि लाभ र उत्साह, माघमा अर्थलाभ र मानवृद्धि, फाल्गुणमा खर्चवृद्धि र पारिवारिक चिन्ता, चैत्रमा स्थान वा कार्य परिवर्तन र कलहको परेको छ ।

कन्या राशी :-टो प पी पु ष ण ठ पे मो

यस वर्षोआरम्भमा हृदयको साढेसाती शनि, पराक्रममा राहु, धर्मका केतु र आयुमा गुरुको प्रभाव परेको छ । कात्तिकबाट  पाउमा साढेसाती शनि रहनाले आफन्मा कलह र मित्रबाट धोकाको साथै स्थायी सम्पत्तिको हानि वातात्मक जन्डिस जस्तारोगले स्वास्थ्यमा खिन्नता, शैक्षिक कार्य र सेवामूलक कार्यबाट निरासा रहनेछ । मांगलिक कार्य सम्पादनमा बाधाका साथै कार्य परिवर्तन र कार्य विलम्बले उत्साहमा कमी रहने छ तापनि वुद्धिको प्रयोग गरि गरेको कामबाट लाभ रहनेछ छ ।आकस्मिक यात्राको योग समेत परेको छ ।
वैशाखमा खर्चवृद्धि र दुष्चिन्ता बढ्ने, जेष्ठमा स्थान वा कार्य परिवर्तन र शरीर पीडा, आषाढमा मानसिक चिन्ता, राजभय, श्रावणमा मान सम्मान वृद्धि, अर्थलाभ र विजय, भाद्रमा माननाश र पीडा, आश्विनमा उदरपीडा र कलह, कार्तिकमा अर्थ प्राप्ति र हर्ष शत्रर्ुवर्गमा विजय, मंसीरमा खर्च र रोजगारीमा  झमेला बढ्ने, पौषमा परिवारबाट भय र स्वास्थ्यमा शिथिलता, माघमा आफन्तमा विरोध र अपजस, फाल्गुणमा मान प्राप्ति, सिद्धि र लाभ बढ्ने र चैत्रमा अर्थलाभ र सम्मानको योग परेको छ

तुला राशी :-र री रु रे रो ता ती तू ते

यस वर्षो आरम्भमा खर्चको साढेसाती शनि, धनमा राहु,दाम्पत्य सुखमा गुरु र आयुमा केतुको प्रभाव परेकोछ । कात्तिकबाट हृदयमा साढेसाती शनि जानेछ ।मानसिक चिन्ताका साथै स्वास्थ्यमा बाधा, धार्मिक कार्यमा व्याय, ऋण वृद्धि, दाँत तथा बाथ र नशाको रोगले पीडा, मान्यजनबाट धोका भएपनि यात्राको अवसर प्राप्ति, दमम्पत्य सुखमा वृद्धि तथा साझेदारी कार्यबाट लाभ, न्यायिककार्यमाबाधा ,शैक्षिक कार्य  र सन्तान पक्षमा भएको कार्य सफल रहने ग्रह योग परेको छ ।
वैशाखमा धन लाभ र परिवारमा कलह, जेष्ठमा यात्रा र दुश्चिन्ता, आषाढमा कार्य परिवर्तन र विवाद, श्रावणमा आर्थिक चिन्ता, राजभय, भाद्रमा अर्थ लाभ र पराक्रममा विजय, आश्विनमा माननाश र विवाद, कार्तिकमा शरीर पीडा र कलह, मंसीरमा मान प्राप्ति र हर्ष लाभ तथा विजय  पौषमा खर्च एवं पारिवारिक कलह, माघमा यात्रामा पीडा र स्वास्थ्यमा नैराश्य, फाल्गुणमा उत्साहमा कमी, धनहानि र चैत्रमा कर्म सिद्धि  र हर्षबढ्ने योग परेको छ ।

वृश्चिक राशी :-तो ना नी न‍ू ने नो या यि यु

यो वर्षआर्थिक ह्रास, मान्यजनबाट असहयोग र वौद्धिक र शैक्षिक कार्यमा बाधा हुनेछ । दाम्पत्य पक्ष तनाव रहनेछ । मित्रबाट सामान्य लाभ न्यायिक र सरकारी कार्यमा धोकाको योग भएपनि वैदेशिक कार्यमा सफलताको योग परेको छ । धार्मिक तथा मांगलिक कार्य सम्पादनमा खर्चको योग परेको छ । कार्य वा स्थान परिवर्तनको संभावना रहेको छ ।
वैशाखमा आकांक्षा सिद्धि र लाभ, जेष्ठमा हर्षवृद्धि र सम्मान, आषाढमा खर्च वृद्धि र शीरपीडा, श्रावणमा मित्रविरोध, कार्य परिवर्तन र शरीर पीडा, भाद्रमा आर्थिक चिन्ता र राजभय, आश्विनमा मान सम्मानमा वृद्धि, यात्रार्,अर्थलाभ र विजय, कार्तिकमा माननाश एवं पीडा, मंसीरमा उदरपीडा र कलह, पौषमा मान प्राप्ति र हर्ष शत्रर्ुवर्गमा विजय, माघमा यात्रा र पारिवारिक कलह, फाल्गुणमा अपजस स्वास्थ्यमा नैराश्य र चैत्रमा उत्साहमा कमी एवं अपजस बढ्ने योग परेको छ ।


धनु राशी :-य यो भा भी भू ध फा ढ भे

यस वर्षे आरम्भमा वुद्धिमा गुरु, रोगमा केतु, खर्चमा राहु र कर्ममा शनिको प्रभाव परेको छ । कात्तिकबाट लाभमा शनि जानेछ
यस वर्षा नोकरी व्यवसायमा स्तरोन्नति परिवर्तन राज कार्यबाट लाभ र न्यायिक कार्यमा सफलता पाउनु हुनेछ । यात्रा र स्थायी सम्पत्ति लाभको योग परेको छ । रोकिएका कार्य पुराहुने परिवार सम्वन्धि र शैक्षिक कार्य सफल हुने योगछ। स्वास्थ्योपचारमा खर्च र दाम्पत्य कलहले निरासा ल्याउने सम्भावना भएकोले संयम आवश्यक छ । वैशाखमा नेत्रपीडा र अपजस, जेष्ठमा इच्छा सिद्धि र लाभ, आषाढमा धनलाभ र उत्साहवृद्धि, श्रावणमा नेत्र पीडा, खर्चवृद्धि तथा चिन्ता, भाद्रमा कार्य परिवर्तन र परिवारबाट पीडा, आश्विनमा मानसिक चिन्ता, सरकारी भय, कार्तिकमा सम्मान वृद्धि, अर्थलाभ र विजय, मंसीरमा अपजस र  पीडा, पौषमा खर्च, विवाद र ดंดट, माघमा मान प्राप्ति र हर्षशत्रर्ुवर्गमा विजय  फाल्गुणमा खर्च र पारिवारिक कलह साथै चैत्रमा स्वास्थ्यमा शिथिलता रहनेछ ।

मकर राशी:- जो जा जी खी खू खे खो गा गी

यस वर्षेा आरम्भमा सुखमा गुरु, वुद्धिमा केतु, भाग्यमा शनि र लाभमा राहुको प्रभाव परेको छ । कात्तिकबाट कर्ममा शनिको प्रवेश हुनेछ ।
धनको वृद्धि,कार्य सफलता, सन्तान र परिवारको उन्नति र यात्राबाट लाभ रहेपनि  आफन्तबाट कार्यमा बाधा रहनेछ । परिवारमा  स्वास्थ्यको प्रतिकूलताले खर्च वढनेछ । महत्वकाक्षी योजनाले  अपमानजनक परिस्थिति आउन सक्छ । कर्म क्षेत्रमा श्रम र संर्घष्ा रहे पनि  साझेदारी,धार्मिक कार्य तथा शैक्षिक कार्यमा सफलता रहनेछ । स्थायी सम्पत्ति सम्बन्धी कार्यमा परिश्रमबाट सफल हुनाले उत्साह थपिनेछ । वैशाखमा अप्रिय यात्रा र स्वास्थ्यमा नैराश्य, जेष्ठमा उत्साहमा कमी र अपजस, आषाढमा कार्य सिद्धि र लाभ, श्रावणमा धनलाभ,उत्साहवृद्धि, भाद्रमा खर्चवृद्धि, दुश्चिन्ता र शीरपीडा आश्विनमा कार्य परिवर्तन र विजय, कार्तिकमा मानसिक चिन्ता मानहानि मंसीरमा सम्मान वृद्धि, अर्थलाभ र कार्यमा विजय, पौषमा माननाश र पीडा, माघमा शीर,उदरपीडा तथा कलह, फाल्गुणमा मान्यजनबाट लाभ एवं हर्षशत्रर्ुवर्गमा विजय, चैत्रमा कार्य सिद्धि र लाभ को योग परेको छ ।

कुम्भ राशी:- गू गे गो सा सी सु से सो द

यस वर्षो आरम्भमा  अढैया दशाका साथै उद्योगमा गरु ,सुखमा केतु, स्वास्थ्यमा शनि र कर्ममा राहु हुनुका साथै यात्रामा शनिको प्रभाव परेको छ । कात्तिक पछि भाग्यमा शनिको प्रवेशले कार्माेन्नतिमा कमी राजभय र अपमानले खिन्नता रहेपनि  सन्तान पक्षबाट सहयोग रहनेछ । स्थान र कार्य परिवर्तनका साथै स्थायी सम्पत्तिबाट लाभ बढ्नेछ । शैक्षिक,वौद्धिक र लेखन कार्यमा सफलता पाउनुहुनेछ । मान्यजनबाट विरोध र शत्रुबाट  झमेला थपिनेछ  । न्यायिक कार्यमा सफलताका साथै समाजबाट सम्मान सेवाबाट लाभको योग परेको छ । वैशाखमा अर्थलाभ र उत्साहवृद्धि, अप्रिय यात्रा र पारिवारिक कलह, जेष्ठमा अपजस र स्वास्थ्यमा नैराश्य, आषाढमा उत्साहमा कमी र अपजस, श्रावणमा कर्म सिद्धि र लाभ, भाद्रमा अर्थलाभ र उत्साहवृद्धि, आश्विनमा खर्चवृद्धि र दुष्चिन्ता, कार्तिकमा स्थान वा कार्य परिवर्तन र शरीर पीडा, मंसीरमा मानसिक चिन्ता, राजभय, पौषमा मान सम्मान वृद्धि, अर्थलाभ र विजय, माघमा माननाश र पीडा, फाल्गुणमा उदरपीडा र परिवारमा कलह, चैत्रमा शत्रर्ुवर्गमा खर्च वृद्धि र यात्राको योग परेको छ ।

मीन राशी:- दि दू थ भ ञ दे दो चा ची

यसवषको आरम्भमा  धनमा गुरु, वान्धवमा केतु, दाम्पत्य जीवन र  दैनिक रोजगारीमा शनि ,भाग्यमा राहुको प्रभाव परेको छ । कात्तिकबाट आयुमा शनिको प्रवेश भई अढैया शनिदशाको आरम्भ भएको छ ।
स्वास्थ्य पक्षमा बाधा रहे पनि आर्थिक पक्षमा सुधार हुनेछ ।  सरकारी र न्यायिक कार्यबाट असफलता, शत्रु र दर्ुर्व्यसनबाट स्वस्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा संयमताको आवश्यकता छ । शिक्षा र भौतिक सामग्री क्रय विक्रयको योगका  साथै धर्मिक र मांगलिक कार्य सम्पादन हुने ग्रह योग परेको छ । वैशाखमा अप्रिय यात्रा र पारिवारिक कलह, जेष्ठमा अर्थलाभ र उत्साहवृद्धि, आषाढमा उत्साहमा कमी र अपजस, श्रावणमा कर्म सिद्धि र लाभ, भाद्रमा अर्थलाभ र पराक्रम वृद्धि, आश्विनमा खर्चवृद्धि र दुश्चिन्ता, कार्तिकमा स्थान वा कार्य परिवर्तन र शरीर पीडा, मंसीरमा मानसिक चिन्ता, राजभय, पौषमा मान सम्मानमा वृद्धि अर्थलाभ र विजय, माघमा उदरपीडा र कलह, फाल्गुणमा माननाश र पीडा, चैत्रमा शत्रर्ुवर्गमा विजय र यात्राको योग परेको छ ।



 

विदेशमा रहनु भएका नेपाली हरुलाई सुबर्ण अबसर, यदी तपाईंका नवजात शिशुका जन्म कुण्डली (चीना), बनाएको छैन भने, हामी कहाँ नेपाली भाषामा परम्परागत चीना बनाएर पठाउने ब्यबस्था  छ। चिना (कुण्डली) त जीवनको ऐना हो । हाम्रो समाजमा प्रायः जन्मकुण्डली (चिना) बनाउनमा त्यति जागरुकता अपनाइँदैन भने बनाइएका चिनाहरू पनि प्रायः गणितीय अशुद्धता रहन्छ । त्यसैले शुद्ध चिना बनाउनका लागि आजै सर्म्पर्क राख्नुहोस् । हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु.8000 /-  मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११०० - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । ईमेल:- info@astrologernepal.com

GOLD PRICE FORECAST

Poll

Can I use Astrology Analysis to Trade Stocks?
 

Clustrmaps


Market Trend Forecast

Hello World ! If you trade on Commodity Futures Trading , Forex | Currency  I can give you: Market timing for indexes.  Email : info@astrologernepal.com.
Market Trend Forecast for a day
$ 100.00 or 5000 NPR.
Market Trend Forecast for every day of the month
$ 500.00 or 21000 NPR.
Market Trend Forecast for every day of the week
$ 250.00 or 11000 NPR.

Manglik Check & Remedies

If you are married or are about to get married then you must get both your charts checked to see if either of you are suffering from a Manglik Dosh.
If it is discovered from your Manglik check that you or your partner are Manglik then do not lose heart. There are remedies for both those who are married or who still wish to get married following the discovery of the Manglik Dosh.
Send your Birth Details. Email : info@astrologernepal.com
$ 50 or 2100 NPR

Mode of Payment

We are accepting PayWay Nepal and eSewa Nepal as a Mode of Payment.
User ID is astrologernepal@gmail.com

On TV!

Dr. Suneel Sarma Sitoula has made television appearances on Image Channel , Dated September 2007 - April 2010.

Radio Show

Dr.Suneel Sarma Sitoula can be heard on:-

"Subha Mangal" Saturday to Tuesday 10:45 to 11.30 Am

"Janma Kundali" Every Friday 4 to 5 Pm

" Vastu" Every Thursday 4 to 5 Pm

We have 4 guests online