
एउटी वृद्धा स्त्री थिइ । प्रत्येक रविवारको दिन बिहान ब्रम्हा मुहुर्तमा उठेर स्नान आदि गरी गोबरले घर लिप्ने उसको नियम थियो । त्यसपछि खानेकुरा पकाएर भगवान्लाई अर्पण गरी अनि आफूले भोजन गर्दथी । यो नियमपालन गर्नाले त्यसको घरमा धनधान्यको भण्डार भरिँदै जान लाग्यो । त्यस घरमा कुनै किसिमको कष्ट वा विघ्न हुँदैनथ्यो । सबै किसिमले घरमा शान्ति रहृन्थ्यो । यस प्रकार निकै दिन बितिसकेपछि एक दिन त त्यस वृद्धाकी छिमेकी, जसकी गाईको गोबर उ दिनहुँ ल्याउने गर्दथी, विचार गर्नलागी-यो वृद्धा सदैव मेरी गाईको गोबर उठाएर लैजान्छे- यति विचारेर आफ्नी गाईलाई घर भित्र बाँध्न लागी । अब गोबर नपाउनाले रविबारको दिन त्यस वृद्धाले घर लिप्न पाइन । अतः त्यसले खानेकुरा पकाइन र भगवानलाई अर्पण पनि गर्न पाइन । अनि आफू पनि भोकै सुत्ने स्थिति आयो । त्यतिकैमा रात पर्यो र भोकी-प्यासी नै सुती । आधा रातमा भगवानले त्यसलाई स्वप्नमा सोध्नु भयो- खानेकुरा नपकाउने र भोग नलगाउने कारण के हो - वृद्धाले गाईको गोबर प्राप्त हुन नसकेको वृत्तान्त सर्ुनई । अनि भगवानले आज्ञा भयो - हे वृद्धामाता । म तिमीलाई यस्ती गाई दिन्छु जसले त्रि्रो सबै कामनाहरू पूर्ण हुनेछन् । किनभने तिमी सदैव रविबारको दिन गाईको गोबरले घर लिपेर खानेकुरा पकाई मलाई अर्पण गरेर मात्र आफू भोजन गर्ने नियम गरेकी छौँ; यसैले म अत्यन्त प्रसन्न भएको छु । निर्धनलाई धन र बाँझी स्त्रीलाई सन्तान प्रदान गर्दछु । स्वप्नमा यस्तो वरदान दिएर भगवान अर्न्तध्यान हुनुभयो । वृद्धा जब बिउँझी तब प्रत्यक्ष देखी उसको आँगनमा एउटा अत्यन्त राम्री गाई र बाछो बाधिएको छ । त्यो गाई र बाछो देखेर वृद्धा अत्यन्त प्रसन्न भई र घरको बाहिर लगेर बाँधिदिई, अनि त्यही गाईलाई खान घाँस-पात हालिदिई । त्यसकी छिमेकीले जब उक्त वृद्धाको घरमा बाहिर एउटी अति राम्री गाई र बाछो देखी तबर् इष्र्याले त्यसको हृदय पोल्न लाग्यो । अनि गाईले सुनको गोबर दिएको देखी अनि तत्काल गोबर उठाएर घर लगि र अर्को गोबर ल्याएर त्यही स्थानमा राखिदिई । त्यसपछि ऊ प्रतिदिन त्यसै गर्नलागी । त्यो विचरी सोझी वृद्धालाई त्यो बठ्र्याईंको केही खबर लाग्न दिइन । अनि अन्र्त्यामी भगवानले विचार गर्नुभयो- यो बाठी छिमेकीको कार्यले वृद्धा ठगिइरहेकी छ । अनि प्रभुले सायंकालको अवसरमा आफ्नु मायाले निकै वेगको आँधी चलाइदिनुभयो । त्यसैबेला अन्धकारको डरले वृद्धाले आफ्नी गाई घरभित्र लगेर बाँधिदिई । बिहानै उठेर जब वृद्धाले देखी- गाईले सुनको गोबर गोब्राएकी छन् तब उसको आनन्दको सीमा नै रहेन । त्यसपछि ऊ नियमले आफ्नी गाई भित्र लगेर बाँध्न लागी । उता वृद्धाकी छिमेकीले देखी- गाई घरभित्र बाँधिन लागी र सुनको गोबर उठाएर लैजाने कुनै उपाय नदेखेर्रर् इष्याले गर्दा उसले त्यस देशका राजाकहाँ गएर फिराद गरी- हे महाराज ! मेरो छिमेकमा बस्ने एउटी वृद्धासित यस्ती गाई छ, जुन हजुर जस्ता राजा-महाराजकै लायक छ, किनकी त्यो गाई दिनहुँ सुनको गोबर गोब्राउँछे । हजुर त्यस सुनले प्रजाको पालन गर्नुहवस् । त्यो वृद्धा त्यतिको सुन प्रतिदिन लिएर के गर्दछे - राजाले त्यसका कुरा सुनेर मानिस पठाएर वृद्धाको घरबाट गाई फुकाएर ल्याउने आज्ञा दिए । उता वृद्धा बिहानै उठेर स्नानादि गरी भोजन तयार पारी र भगवानलाई अर्पण गरी स्वयं खान तयार भएकी थिई, त्यसैबेला राजाका दूतहरू पुगेर बलपुर्वक वृद्धाको गाई फुकाएर महलमा पुर्याइदिए । राजा राम्री गाई देखेर निकै प्रसन्न भए । तर भोलिपल्ट जब उसलाई सुनको गोबरको साटो सामान्य गोबर प्राप्त भयो तब राजा रिसाएर दूत पर्ठाई वृद्धालाई डाके । वृद्धाले आफ्नु घर आएका दूतसित भनी- हिजो त मेरी गाई बलपुर्वक फुकाएर मगाए, आज मेरो निम्ति के हुकुम दिएका छन् - तर राजाको आज्ञा उल्लंघन नगरेर राजसभामा हाजिर भई । अनि राजाले भने- ए बुढी आमै ! मैले सुनेको थिएँ, त्रि्री गाईले सुनको गोबर दिन्छिन् भनेर, त्यसै कारण मैले त्रि्रो गाई यहाँ मगाएको थिएँ । तर अब स्पष्ट थाहा भइरहेको छ- यो कुरा सत्य होइन । यो के कुरा हो, मलाई बुझाउ । वृद्धाले भनी- महाराज ! मेरो यो नियम छ- बिहान सबेरै उठेर स्नान आदि गरी गाईको गोबरले घर लिपी, खानेकुरा पकाई भगवानलाई अर्पण गरेर मात्र आफू भोजन गर्दछु । मेरो यस्तो नियमले भगवान प्रसन्न हुन्छन् र निर्धनलाई धन दिन्छन्, दुःखीहरूको दुःख निवारण गरिदिन्छन्, बन्ध्या स्त्रीलाई सन्तान दिन्छन् र देह त्यागेपछि मोक्ष दिन्छन् । यसै कारण मैले यो नियम गरेकी हुँ । मेरी छिमेकी जसको घरबाट म गोबर ल्याउनर्ेगर्दथें, उसले एक दिन गोबर दिन बन्द गरिदिई र गोबर नपाउनाले मैले आफ्नु नियम पालन गर्न पाइन र रातमा भोकै सुतें । भगवानले मेरो त्यो कार्यबाट प्रसन्न भएर आधा रातमा सपना दिई यो गाई- जुन सुनको गोबर दिन्छे, मलाई बक्सियो । तर मेरी छिमेकीले इष्र्याले मेरी गाई हजुरको महलमा पुर्याइदिएकी हो । राजाले वृद्धाको सारा कुरा सुनेर अत्यन्त प्रसन्नतापुर्वक वृद्धाकी गाई उसकै घरमा पठाउन लगाए र ती वृद्धाको निकै सत्कार र आदर पनि गरे । वृद्धाकी छिमेकीलाई डाकेर उचित दण्ड दिए । उसले स्वयं उपरोक्त नियम पालन गर्ने प्रतिज्ञा गरे । अनि शहरभरि यस नियमको पालन गर्नु भने झयाली पिट्न लगाए ।
| < Prev |
|---|










विदेशमा रहनु भएका नेपाली हरुलाई सुबर्ण अबसर, यदी तपाईंका नवजात शिशुका जन्म कुण्डली (चीना), बनाएको छैन भने, हामी कहाँ नेपाली भाषामा परम्परागत चीना बनाएर पठाउने ब्यबस्था छ। चिना (कुण्डली) त जीवनको ऐना हो । हाम्रो समाजमा प्रायः जन्मकुण्डली (चिना) बनाउनमा त्यति जागरुकता अपनाइँदैन भने बनाइएका चिनाहरू पनि प्रायः गणितीय अशुद्धता रहन्छ । त्यसैले शुद्ध चिना बनाउनका लागि आजै सर्म्पर्क राख्नुहोस् । हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु.8000 /- मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११०० - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । ईमेल:-
Hello World ! If you trade on Commodity Futures Trading , Forex | Currency I can give you: Market timing for indexes. Email : info@astrologernepal.com.



