आज मिती २०६८ साल मंसिर २४ गते शनिवार, धान्य पूर्णिमा/योमरी पून्हि/उभौली /पूर्णिमा, तदअनुसार डिसेम्बर १० तारिख २०११ गते शनिबार साँझ खग्रास चन्द्रग्रहण लाग्दैछ ।उक्त चन्द्रग्रहण अरवियन महासागरबाट नेपाली समयअनुसार साँझ ६.३० बजे सुरु भई प्रशान्त महासागरको मध्यभाग हुँदै उत्तर अमेरिकाको मेक्सिकोमा १०.३० बजे तिर अन्त्य हुनेछ। चन्द्रग्रहणको अवधि करिब ५३ मिनेट रहने जनाएको छ । चन्द्रग्रहणको मध्यकाल ८.१७ बजे हुने जनाइएको छ।
आज राति खग्रास चन्द्रग्रहण :
ग्रहण स्पर्श:- १८:३० बजे खग्रास आरम्भ:- १९:५० बजे ग्रहण मध्य:- २०:१७ बजे
खग्रास समाप्त:- २०:४३ बजे ग्रहण मोक्षः- २२:०३ बजे
खग्रास अवधि:- ५१ मिनेट * ग्रहण अवधि:- ०३ घण्टा ३३ मिनेट
नेपालको सबै भागबाट देख्न सकिने उक्त चन्द्रग्रहण नेपालमा पूर्वबाट ६.३० बजे स्पर्श सुरु भई ८.१७ मा मध्य र १०.०३ बजे पश्चिम तिरबाट मोक्ष हुनेछ । चन्द्रग्रहणलाई विना कुनै उपकरण सोझै अवलोकन गर्न सकिन्छ । चन्द्रग्रहण अवलोकन गर्दा वा चन्द्रग्रहण लागेको समयमा मानवमा यसको प्रतिकुल प्रभाव पर्ने ज्योतिश शास्त्र मा उल्लेख छ। अर्को चद्रग्रहण २०६९ साल जेठ २२ गते लाग्नेछ ।










काठमाडौँ, असार शुक्ल पूर्णिमा २०६८- आज २०६८ आषाढ ०१ गते बुधवार, तदनुसार ईश्वीसन 2011 जुन 16 असार शुक्ल पूर्णिमा, आज मध्यरातमा शताब्दीकै दोश्रो ठुलो खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बुधबार चन्द्रग्रहण राति १२:०७ बजे ग्रहणको स्पर्श भई १:५७ मा मध्य तथा ३:४७ बजे मोक्ष हुनेछ । यो चन्द्रग्रहण अफ्रिका, पश्चिम अफ्रिका , दक्षिण अमेरिका, मध्य एसिया, अष्ट्रेलिया, बाट देख्न सकिन्छ।
ज्योतिषशास्त्रमा दर्ुइ प्रकारको ग्रह गणना पद्धति वर्तमानमा प्रचलनमा आएको छ । एउटा सायन र अर्को निरायण, जसले आफ्नो गणनामा वसन्त सम्पातलाई आरम्भ स्थान मान्दछन्, तिनीहरू सायन वादी र त्यसको अतिरिक्त कुनै अरु नै विन्दुलाई आरम्भबिन्दु मान्ने निरायण वादी । सामान्यतय भारत, नेपालमा जुन ज्योतिषको प्रचलन छ । पात्रो (पाञ्चाङ्ग) बन्दछ । त्यो निरायण हो र पाश्चात्य ज्योतिषहरूले जुन गणनालाई आधार लिन्छन्, त्यो सायन हो । आजकाल निरायणवादी र सायनवादीबीचको खाडल गहिरिँदै गएको र विवाद झन् चुलिँदै गइरहेको देखिन्छ ।
आज दिउसो ३ बजे, जेठ ९ मा बजेट पेस गर्ने तयारी स्वरूप संसद् अधिवेशन शुरुहुँदै छ। ज्योतिर्विज्ञान अनुसार यो शुभ साइतमा छैन।यसले राष्ट्रलाई निकाश दिने देखिदैन। औशी लागि सकेको र कन्या लग्न मा शनि बक्री हुनाले विपक्षी दलको विरोध कडा हुनेछ। औशी चतुर्दशी को दिन कुनै महत्पूर्ण कार्य गर्ने प्रचलन नहुँदा पनि सरकारले संसद् अधिवेशन बोलाएर हामी सबैलाई उल्लु बनाउदै छ। सरकारले आफ्नो साथ् साथै सबैलाई खडलमा जाक्दैछ ।सबै लाई चेतना भया !
नेपालमा शेयरबजार लगातार ओरालो लागिरहेको बेलामा लगानीकर्ताहरुमा अन्योलको वातावरण बनिरहेको छ । लगानीकर्ताहरु हतास मनस्थितिमा रहिरहेका बेलामा ज्योतिर्विज्ञान अनुसार के देखिन्छ - विचार गरौं ।
विदेशमा रहनु भएका नेपाली हरुलाई सुबर्ण अबसर, यदी तपाईंका नवजात शिशुका जन्म कुण्डली (चीना), बनाएको छैन भने, हामी कहाँ नेपाली भाषामा परम्परागत चीना बनाएर पठाउने ब्यबस्था छ। चिना (कुण्डली) त जीवनको ऐना हो । हाम्रो समाजमा प्रायः जन्मकुण्डली (चिना) बनाउनमा त्यति जागरुकता अपनाइँदैन भने बनाइएका चिनाहरू पनि प्रायः गणितीय अशुद्धता रहन्छ । त्यसैले शुद्ध चिना बनाउनका लागि आजै सर्म्पर्क राख्नुहोस् । हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठाउने व्यवस्था छ। विदेसमा रहेका नेपालीहरुलाई शुल्क रु.8000 /- मात्र । नेपालमा रहेका नेपालीहरुलाई शुल्क रु ११०० - मात्र । केबल हामीलाई जन्म मिती र समय लेखी पठाउनुहोस् । ईमेल:-
Hello World ! If you trade on Commodity Futures Trading , Forex | Currency I can give you: Market timing for indexes. Email : info@astrologernepal.com.



