Highlights
विश्वनै काल सर्पको घेरामा परेको
Read more...   |   

" One of the secrets of amassing wealth is to offer donations and participate in charities at least to 10% of your earnings, which in turn will reciprocate infinite quantity of inflow of income". Please contribute your donations generously to support the research on Hindu Astrology and allied subject.

रविबार साउने सङ्क्रान्ति-यस दिनलाई कर्कट–सङ्क्रान्ति पनि भन्दछन्

काठमाडौं असार ३१। भोली रविबार साउने सङ्क्रान्ति हो । यस दिनलाई कर्कट–सङ्क्रान्ति पनि भन्दछन् । आजबाट नेपाली महिला समुदायले व्रत बस्ने चलन छ । वैदिक मान्यताअनुसार मुख्य रूपमा महिना–महिनामा पर्ने पूर्णिमा र औँसी पर्वका दिन हुन् ।त्यसै मान्यताका प्रभावले एसियाली देशहरुमा धेरैजसो चाडपर्वहरु पूर्णिमाहरुमा मनाइने गरिन्छ ।

त्यसैले भारतीय समुदायका महिलाहरु आषाढको पूर्णिमादेखि श्रावणको पूर्णिमासम्म श्रावणको व्रत बस्ने गर्दछन् । 

अहिलेको गणनापद्धति अनुसार उत्तरायण, दक्षिणायन, विषुवत् बिन्दुहरु प्रत्येक वर्ष २४ मिनेटका दरले अगाडि आइरहेका छन् । यी बिन्दुसँगै ऋतुहरु पनि स्वतः वरवर सरिरहेका छन् । तर राशिपद्धतिले गर्दा चान्द्र महिना र चाडपर्वलाई भने अगाडि सार्दै ल्याउने गरिएको छैन । त्यसैले शरद् ऋतुको दीपावलीपर्व हेमन्त ऋतुमा पुगेको छ । यसै गरी धेरैजसो चाडपर्व पछाडि पुगेका छन् । यो सबै अहिले पच्छ्याइएको निरयण गणनापद्धतिले गर्दा भएको हो । 

यो पद्धति हटाएर उत्तरायणबिन्दु र दक्षिणायनबिन्दु तथा वासन्त विषुवबिन्दु र शारद विषुवविन्दु जहाँ आइपुगेका छन् त्यहीँ मानेर नै महिना गणना गर्ने र ती बिन्दु अगाडि सरेअनुसार नै महिना पनि स्वतः अगाडि सर्दैआउने आर्तव अथवा सायन गणनापद्धति अँगालेमा यो समस्याको स्वतः समाधान हुन्छ, कहिल्यै पनि ऋतु र चाडपर्वको समयमा गडबडी आउँदैन । यस्तो गणना गर्ने आधार हाम्रो मौलिक परम्पराको प्रामाणिक र मान्य वेदाङ्गज्योतिषग्रन्थ हो । सबै हिन्दुहरूले मान्नुपर्ने वेद–वेदाङ्गग्रन्थका आधारमा पात्रोमा यस्तो संशोधन गरिने भएकाले भारत र अन्यत्रका समेत सबै हिन्दुहरू यो पद्धति मान्न सहमत हुन सक्ने हुन्छ । 

मानिसले जन्मजात रूपमा नै आँखा, जिब्रो, नाक, छाला र कान यी पाँच इन्द्रियका रूप, रस, गन्ध, स्पर्श र शब्द यी पाँच विषयहरूमा आकर्षित हुने स्वभाव लिएर जन्म पाउँछ । तर यिनको असीमित चाहना र उपभोगबाट मानिसले दुःख पाउँछ । त्यसैले जीवनमा सुख पाउन र सन्तुलन ल्याउन व्रत, उपवास, तपस्या इत्यादिको व्यवस्था वैदिक धर्ममा रहेको छ। त्यसरी तपस्या गर्ने  तरिका भने फरकफरक छन् । वर्षाकालका चार महिना वेदको अध्ययन–अध्यापनमा लागि तपस्या गर्ने ठुला ब्राह्मणहरुको अनुकरण गरी वर्षा ऋतुका चौमासमा व्रत बस्ने चलन चलेको देखिन्छ। काठामाडौँ उपत्यकामा माघ महिनामा स्वस्थानीको व्रत बस्ने चलन छ । 

त्यसै गरी श्रावणको एक महिना व्रत बस्ने पनि चलन चलेको छ । श्रावण महिना भर शुद्ध हुने, शुद्ध चिज मात्र खाने, ब्रह्मणहरूका निम्नि अभक्ष्य भनेर ऋषि मुनिहरुले खान निषेध गरेका लसुन, प्याज, छ्यापी, च्याउ, कुखुरा, सुंगुर् इत्यादि नखाने, शिवजीको आराधना गर्ने, रुद्री लगाउने अथवा वेदको सोह्रौँ अध्यायको शतरुद्रियको गुरुसँग वेदमन्त्र पढेका शुद्ध ब्राह्मणबाट पाठ गराउने आदि गरी यस महिनामा तपस्या गर्ने चलन छ । मानिसका लागि जीवनलाई सुखमय बनाउन भौतिक, मानसिक, सामाजिक, राष्ट्रिय आदि विभिन्न तत्त्वको आवश्यकता परिनै रहन्छ । ती विभिन्न पक्षहरुको सन्तुलित विकासका लागि धर्म, दर्शन, सँस्कृति, मनोविज्ञान आदि विषयको पनि मानवलाई आवश्यकता पर्छ । 

यसरी मानिसले भौतिक उन्नतिका साथमा आध्यात्मिक उन्नतिमा समेत लागेर सर्वाङ्गीण प्रगति गर्नमा महिना दिन सम्म गरिने यस्ता तपस्या र व्रतहरु पनि उपयोगी हुने देखिन्छ । (मीमांसादर्शनाचार्य प्रमोदवर्धन कौण्डिन्न्यायन)

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or Paypal. Our esewa Id:- astrologernepal@gmail.com and Paypal Id: jokhanalabs@gmail.comForeign Customers can make payments through Skrill payable to Suneel Sitaula Email:- astrologernepal@gmail.com. Mobile Number:- 9851072188 . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 18 guests and no members online

Most Read

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com