Highlights
विश्वनै काल सर्पको घेरामा परेको
Read more...   |   

Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.

 Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.

वैदिक सनातन धर्ममा शब्दप्रमाणको महत्त्व

काठमाडौं जेठ २।  वैदिक सनातन धर्ममा शब्दप्रमाणको महत्त्वपूर्ण स्थान छ । यसका वेदका शब्दको विशेष महत्त्व रहेको छ । मीमांसाशास्त्रमा वेदलाई धर्मका विषयमा निरपेक्ष प्रमाण मानिएको छ । व्याकरण–निरुक्त आदि वेदाङ्गका आधारमा निर्धारित गर्न नसकिने कल्पसूत्रमा प्रतिपादित यज्ञसँग सम्बद्ध वेदार्थलाई मीमांसाका न्यायहरूद्वारा निर्धारित गर्न सकिने हुनाले वेदवाक्यार्थनिर्धारण गर्न वेदोपाङ्ग मीमांसाशास्त्रको विशेष उपयोग हुन्छ । 

सातौँ शताब्दीतिर आएर मीमांसाशास्त्रमा दुई सम्प्रदायको आविर्भाव भएको पाइन्छ । एउटा भाट्ट सम्प्रदाय र अर्को प्राभाकर सम्प्रदाय अथवा गुरुसम्प्रदाय । भाट्टसम्प्रदाय कुमारिलभट्टाको शाबरभाष्य–व्याख्याग्रन्थका आधारमा चलेको छ र यस मतका अनुयायी तथा व्याख्याता पार्थसारथि मिश्र, माधवाचार्य, खण्डदेव आदि छन् भने प्राभाकरसम्प्रदाय प्रभाकरकृत शाबरभाष्यटीका बृहतीका आधारमा अघि बढेको छ र यसका अनुयायी तथा व्याख्याता शालिकनाथ मिश्र, नन्दीश्वर आदि छन् । 

भाट्टमत र गुरुमतमा मुख्य प्रतिपाद्य विषयमा ऐकमत्य नै भएपनि प्रक्रियाका दृष्टिले कतिपय विषयमा मतभेद रहेको पाइन्छ । मीमांसाशास्त्रका यी दुई मतले विभिन्न विद्यामा प्रभाव पार्दै आएका छन् । साहित्यशास्त्रमा पनि मीमांसाका कतिपय सिद्धान्तको प्रभाव परेको पाइन्छ । 

 शब्दनित्यत्व

वैदिक सनातन धर्मका शास्त्रग्रन्थहरूमा शब्दप्रमाणलाई विशिष्ट स्थानमा राखिएको छ । “अशुद्धमिति चेन्न शब्दात्” भनेर ब्रह्ममीमांसासूत्रमा भनिएको छ । “यच्छब्द आह तदस्माकं प्रमाणम्” भनेर पाणिनीय व्याकरणका भाष्यमा (महाभाष्यमा) पतञ्जलि मुनिले भनेका छन् । मीमांसादर्शनमा शब्दलाई नित्य मानिएको छ । शब्द वाचक र अवाचक गरी दुई प्रकारको छ । झ्याली, ढोलक, मादल आदिबाट उत्पन्न हुने शब्द अवाचक शब्द हो । वाचक शब्द कण्ठ, तालु इत्यादि स्थानबाट उच्चरित ध्वनिबाट प्रकट हुन्छ । यस्तो शब्द वर्णात्मक हो भन्ने मीमांसाको सिद्धान्त छ । वैदिक यज्ञको सम्पादनका निम्ति आवश्यक वाक्यका अवयवमा आश्रित ऊह इत्यादिको सत्यता सिद्ध गर्न मीमांसा–दर्शनमा स्फोटवादको निराकण गरिएको छ । भाष्यकार शबरस्वामीले वृत्तिकार उपवर्षको शब्दविषयक मतको आदरपूर्वक उल्लेख गरेका छन् र वर्णहरूलाई नै पद मान्ने सिद्धान्त स्थापित गरेका छन् । शब्द ध्वनिद्वारा व्यक्त हुन्छ । ध्वनिको उत्पत्ति र विनाश हुन्छ, शब्दको होइन । “शब्दं कुरु”, “शब्दं मा कार्षीः” इत्यादि व्यवहार शब्दको प्रयोगलाई लिएर हुन्छ ।  

 शब्दार्थ र शब्दार्थको बोध 

शब्द नित्य भएजस्तै अर्थ पनि नित्य छ । शब्दको अर्थ जाति हो र आकृति नै जाति हो भन्ने मीमांसादर्शनको सिद्धान्त छ । जाति र व्यक्तिको तादात्म्य सम्बन्ध हुने हुनाले अवघात, आलम्भन इत्यादि क्रियाको सम्पादन व्यक्तिमा हुन सक्ने हुँदा पदको अर्थ जाति मान्दा पनि कुनै समस्या पर्दैन । जाति र व्यक्तिलाई भिन्न मान्दा भने व्यक्तिमा लक्षणा हुन्छ । यसरी शब्दको अर्थ जाति हो, व्यक्ति त लक्षित हुने हो भन्ने सिद्धान्त स्थापित गरिएको छ । त्यसैले “विशेष्यं नाभिधा गच्छेत् क्षीणशक्तिर्विशेषणे” (अभिधाको शक्ति गोत्वादि जातिलाई बताउँदा नै क्षीण भैसक्ने हँुदा विशेष्यभूत व्यक्तिसम्म पुग्दैन) भनिएको छ ।

काव्यशास्त्री मम्मटले शब्दव्यापारविचार नामको ग्रन्थमा जात्यादिलाई शब्दले बुझाउँछ भन्ने पक्षको समर्थन गरेका छन् र काव्यप्रकाशमा पनि यसै पक्षलाई प्राथमिकता दिएका छन् । तथापि “सङ्केतितश्चतुर्भेदो जात्यादिर्जातिरेव वा” भनेर शब्दको अर्थ जाति मान्ने मीमांसादर्शनको पक्षलाई पनि महत्त्व दिएर उल्लेख गरेका छन् । 

पदबाट पदार्थको बोध हुने उपायलाई वृत्ति भन्दछन् । मीमांसादर्शनमा शक्ति, लक्षणा र गौणी गरी तीन प्रकारका वृत्ति मानिएका छन् । सोझो प्रकारले हुने अर्थको बोध शक्तिका कारण हुन्छ । शक्ति पनि कतिपय मीमांसकका मतमा पदार्थ हो । शक्तिबाट जानिने अर्थ शक्यार्थ हो । शक्यार्थसँगको सम्बन्धलाई लक्षणा भन्दछन् । लक्षणाबाट बुझिने अर्थलाई लाक्षणिक अर्थ भन्दछन् । लक्षणा दुई प्रकारको छ— जहत्स्वार्था  आफ्नो अर्थ छोड्ने) र अजहत्स्वार्था (आफ्नो अर्थ नछोड्ने) । जहत्स्वार्थाको उदाहरण “गङ्गायां घोषः” (गङ्गामा गोठेरी छ) हो भने अजहत्स्वार्थाको उदाहरण “यष्टीः प्रवेशय” (लट्ठीहरूलाई प्रवेश गराऊ) हो । अजहत्स्वार्थालाई साहित्यशास्त्रीहरू (आलङ्कारिकहरू) उपादानलक्षणा भन्दछन् । कतिपय मीमांसकहरूका मतमा लक्षणाको बीज शक्यार्थको अन्वयको अनुपपत्ति हो, तात्पर्यको अनुपपत्ति होइन, किनभने अपौरुषेय वेदमा कसैको तात्पर्यै छैन । अन्य मीमांसकहरू त शब्दकै तात्पर्य मानेर तात्पर्यानुपपत्तिलाई नै लक्षणाको बीज मान्न सकिन्छ भन्ने मत राख्छन् । 

गौणी वृत्तिका ६ वटा कारणहरूको निरूपण जैमिनीय धर्ममीमांसासूत्रमा गरिएको छ । ती कारण हुन्— १.तत्सिद्धि— “यजमानः प्रस्तरः” (यहाँ यजमानको कार्य सिद्ध गर्ने हँुदा प्रस्तर–(कुशमुष्टि)लाई यजमान भनिएको छ) । २.जातिः— “आग्नेयो वै ब्राह्मणः” (यहाँ अग्नि र ब्राह्मण दुवै प्रजापतिका मुखबाट उत्पन्न भएकाले ब्राह्मणलाई आग्नेय भनेर स्तुति गरिएको छ) ३.सारूप्य— “आदित्यो यूपः” (यहाँ तेजस्वित्वरूप सरूपताले यूप–(मौलो)लाई आदित्य भनी स्तुति गरिएको छ) ४.प्रशंसा— “अपशवो वा अन्ये गोअश्वेभ्यः” (यहाँ गो र अश्वका अगिल्तिर अरूमा पशुत्वको अभाव देखाई गो र अश्वको प्रशंसा गरिएको छ) ५.भूमा— “सृष्टीरुपदधाति” (यहाँ सृष्टिलिङ्गक मन्त्रहरूको बाहुल्यले गर्दा तिनका बिचमा भएका असृष्टिलिङ्गक मन्त्रहरूमा पनि सृष्टिशब्दको प्रयोग भएको छ) ६.लिङ्गसमवाय— “प्राणभृत उपदधाति” (यहाँ प्राणलिङ्गक मन्त्रका नजिक पढिएका अप्राणभृत्हरूलाई पनि गौणी वृत्तिले प्राणभृत् भनिएको छ) । साहित्यशास्त्रमा गौणी वृत्तिलाई लक्षणाभित्रै समाविष्ट गरिएको छ ।  

शब्द र अर्थको सम्बन्धको नित्यता

शब्दको अर्थसँग बोध्यबोधकभाव (प्रत्याय्यप्रत्यायकभाव) सम्बन्ध छ र त्यो सम्बन्ध नित्य छ । जैमिनीय धर्ममीमांसासूत्रमा “औत्पत्तिकस्तु शब्दस्याद्रर्थेन सम्बन्धः” भनिएको छ । भाष्यकारले “औत्पत्तिक इति नित्यं ब्रूमः” भनेर व्याख्या गरेका छन् । शब्द र अर्थको सम्बन्ध साङ्केतिक होइन, स्वाभाविक हो भनी यस सिद्धान्तलाई स्पष्ट गरिएको छ । पहिलो पटक सुुनेको शब्दले अर्थ नबुझाएकाले शब्द र अर्थको सम्बध कृत्रिम रहेछ भन्ने आशङ्का पनि उचित होइन । पदबाट पदार्थको बोध हुनका निम्ति शक्तिग्रहणको आवश्यकता भएको मात्र हो, पदको पदार्थबोधक शक्ति त स्वाभाविक नै हो भन्ने मानिएको छ । काव्यशास्त्री आनन्दवर्धनले ध्वन्यालोकको तृतीय उद्योतमा व्यञ्जनाका विषयमा विचार गर्दा मीमांसकलाई “औत्पत्तिकशब्दार्थसम्बन्धवादी वाक्यतत्त्वविद्” भनेर शब्दार्थसम्बन्धलाई नित्य मान्ने मीमांसासिद्धान्तको सङ्केत गरेको पाइन्छ ।  

शाब्द प्रमाण र त्यसका भेद

शब्दज्ञानको अपेक्षा राख्ने आत्मा र मनका संयोगबाट भएको अदृष्टार्थविषयक ज्ञानलाई शाब्द अथवा शास्त्र प्रमाण भन्दछन् । यसका दुई भेद छन्— पौरुषेय र अपौरुषेय । भाट्टमतमा अपौरुषेय वैदिक वाक्य र लौकिक आप्तको पौरुषेय वाक्य दुवै शाब्द प्रमाण अन्तर्गत पर्छन् । प्राभाकरमतअनुसार  लौकिक वाक्यहरू शास्त्रप्रमाणअन्तर्गत आउँदैनन् । वेदात्मक अपौरुषेय शब्द मात्र शास्त्र प्रमाण मानिन्छ । मानिसका वाक्यहरू त वक्ताका अभिप्रायका अनुमापक मात्र हुन्, स्वयं वाक्यार्थबोधक होइनन् । अयथार्थताको आशङ्का हुने हुँदा मानिसका वाक्यको शक्ति कुण्ठित भएको हुन्छ । मानिसमा भ्रम, प्रमाद, आलस्य, विप्रलिप्सा, करणापाटव इत्यादि दोष रहन सक्ने हँुदा यो मानिसको यस्तो अभिप्राय रहेछ भन्ने कुराको अनुमान उसका वाक्यबाट हुन सक्छ तापनि यो कुरा यस्तै हो भनेर भन्न भने सकिँदैन । त्यसैले लौकिक शब्द अनुमान प्रमाणभित्र पर्दछ । 

यसरी प्रभाकरमतमा वैदिक शब्दलाई मात्र शास्त्र प्रमाण मानिएको छ । यस सिद्धान्तलाई शालिकनाथले आप्mना ग्रन्थमा व्याख्या गरेका छन् । 

आनन्दवर्धनले ध्वन्यालोकमा शब्द र अर्थको सम्बन्धलाई नित्य मान्ने र पौरुषेय तथा अपौरुषेय वाक्यमा फरकपना भएको मान्ने मीमांसकहरूले (प्राभाकर मीमांसकहरूले) पनि स्वाभाविक अभिधा र औपाधिक व्यञ्जनाको भेद मान्नुपर्ने हुन्छ भनी प्राभाकरहरूको वैदिक शब्दलाई मात्र शाब्द अथवा शास्त्र प्रमाण मान्ने सिद्धान्तको चर्चा गरेको पाइन्छ ।  

 उपसंहार

यसरी वैदिक सनातन धर्ममा शब्दप्रमाणको ठूलो महत्त्व रहेको छ । शब्द कै रूपमा रहेका वेदले जे गर भन्छ त्यही धर्म हो भन्ने सिद्धान्त छ । मीमांसादर्शनमा शब्दलाई र शब्दार्थलाई पनि नित्य सिद्ध गरी शब्द र त्यसले बताउने अर्थको सम्बन्धलाई पनि नित्य सिद्ध गरिएको छ र धर्मको ज्ञानका सन्दर्भमा शब्दप्रमाणलाई मुख्य प्रमाणका रूपमा लिइएको छ  ।। (—प्रमोदवर्धन कौण्डिन्न्यायन सहप्राध्यापक)

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or SkrillOur Id:-astrologernepal@gmail.com . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 13 guests and no members online

Most Read

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com